सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘गठबन्धनको पोल खोलिने डरले प्रधानन्यायाधीशको बयान रोकिन सक्छ’

२०७९ भदौ १६, ०८:०९ खबर संवाददाता

झापा: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान महाअभियोग सिफारिस समितिमै रोक्नसक्ने आशंका व्यक्त गरेका छन्।

गृहजिल्ला झापा आएका एमाले अध्यक्ष ओलीले भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा बिहीबार दिउँसो पत्रकारहरूसँग गरेको संक्षिप्त कुराकानीमा यस्तो आशंका व्यक्त गरेका हुन्। 

‘प्रधानन्यायाधीश जबराको बयान सिद्धिएको छैन। गठबन्धनले प्रधानन्यायाधीशलाई बयानका लागि रोक्न पनि सक्छन्, किनभने उहाँ गठबन्धनविरुद्ध बयान दिँदै हुनुहुन्छ, पोल खोलिने डर सबैमा छ,’ उनले भने।


 

कमेन्ट लोड गर्नुस