सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश सभा सदस्यको उम्मेदवारका लागि प्रचण्डका ज्वाइँ सिफारिस

२०७९ भदौ १६, ०८:३६ खबर संवाददाता

विराटनगरः मोरङ क्षेत्र नम्बर ६ को ‘क’ बाट प्रदेश सभा सदस्यको उम्मेदवारका लागि प्रचण्डका कान्छा ज्वाइँसहित ३ जनाको नाम सिफारिस भएको छ।

बुधबार बसेको माओवादी केन्द्रको क्षेत्रीय कमिटीले प्रदेशसभाको प्रत्यक्षतर्फका उम्मेदवारमा जीवन आचार्यसँगै प्रेस सेन्टर प्रदेश १ अध्यक्ष प्रभात घिमिरे विनोद र माओवादी केन्द्र सुन्दरहरैंचा नगर कमिटी अध्यक्ष दुश्यन्त भट्टराईको नाम सिफारिस गरेको हो।

आचार्य माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँ हुन्। २०७४ को चुनावमा उनी वाम गठबन्धनबाट उम्मेदवार भएका थिए।
 

कमेन्ट लोड गर्नुस