अस्ति समाजवादी छाडेका तामाङ हिजो एमालेबाट प्रतिनिधिसभाका लागि सिफारिस
धनगढी: नेकपा एकिकृत समाजवादी पार्टी छाडेर एमालेमा फर्किएका सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तारालामा तामाङ प्रतिनिधिसभाका लागि सिफारिस भएका छन्। तामाङलाई कञ्चनपुर पुगेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ १५ गते बुधबार पार्टीमा स्वागत गरेका थिए।
हिजो आइतबार कञ्चनपुर क्षेत्र नम्बर १ बाट उनै तामाङसहित ३ जनाको नाम सिफारिस भएको छ। एमालेको निर्वाचन क्षेत्रीय समन्वय कमिटीले तामाङ, खेम सुवेदी र बीरबहादुर थापाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो।
२०७४ को निर्वाचनमा तामाङ एमालेबाट निर्वाचन क्षेत्र नम्बर १ को ‘१’ बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। सुदूरपश्चिम प्रदेश सरकारका निवर्तमान आर्थिक मामिला मन्त्री समेत रहेका उनी एमाले कञ्चनपुरका पूर्व जिल्ला अध्यक्ष हुन्।