सुदूर नेपाललाई विश्वसँग जोड्दै

गगन थापाको नाम सप्तरी–१ बाट पनि सिफारिस

२०७९ भदौ २१, १०:३२ खबर संवाददाता

काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा प्रतिनिधिसभा उम्मेदवारको रूपमा सप्तरी–१ बाट पनि सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले महामन्त्री थापासहित तीनजनाको नाम सिफारिस गरेको क्षेत्रीय सभापति ललन गुप्ताले जानकारी दिए।

उनका अनुसार थापासहित पार्टीका जिल्ला सभापति रामदेव साह र शत्रुधन यादवको नाम सर्वसम्मत रूपमा प्रतिनिधि सभा सदस्य पदका लागि सिफारिस गरिएको छ। थापाको नाम सर्लाही–४ बाट पनि सिफारिस भइसकेको छ।

कमेन्ट लोड गर्नुस