ओलीको हातबाट टिका लगाउँदै एमालेमा छिरे छक्कबहादुर
काठमाडौंः नेकपा माओवादी केन्द्रका नेता छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन्। एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा ओलीको हातबाट टीका ग्रहण गर्दै लामा एमाले प्रवेश गरेका हुन्।
लामा तिनै व्यक्ति हुन् जसले ०७४ को प्रतिनिधि सभामाको निर्वाचनमा माओवादी पार्टीले टिकट नदिएपछि माओवादीकै उम्मेदवार विरुद्ध बागी उठेर चुनाव जितेर सबैलाई छक्क पारेका थिए। जम्मा ४७ मतान्तरले चुनाव जितेका थिए। २०४८ सालमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार बनेका लामाले त्यस समयमा पनि कम मतान्तरले चुनाव जितेका थिए।
उनी राजाकै पालामा एकपटक मन्त्रीसमेत भइसकेका व्यक्ति हुन्। प्रतिनिधिसभाका सांसदसमेत रहेका उनी माओवादीको केन्द्रीय सदस्यसमेत हुन्। हुम्लामा लामा पार्टी भन्दा पनि व्यक्तिगत रुपमा बलिया नेताका रुपमा परिचित छन्। उसो त उनी नेकपा विभाजन हुने बेला पनि एमालेतर्फ नै मोडिएका थिए।ओलीले महाधिवेशनमा आयोजक समितिका सदस्य बनेका लामा अन्तिम आयर दाहाल र नेपाल समूहतर्फ लागेका थिए।
उनी आसन्न निर्वाचनमा प्रतिनिधिसभाको लागि सिफारिस नभएपछि एमाले प्रवेश गर्न लागेको माओवादी वृत्तमा चर्चा छ। हुम्लामा प्रतिनिधि सभाको उम्मेदवारका लागि कार्चेन लामालाई माओवादीले सिफारिस गरेको छ। स्रोतका अनुसार कार्चेन छक्कबहादुरको साला नाता पर्छन्।