डा. केसीसँग भएकाे सहमति कार्यान्वयन गर्ने सरकारकाे निर्णय
काठमामाडौं: सरकारले डाक्टर गोविन्द केसीसँग भएको सहमतिको पत्र अनुमोदन गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ।
आज शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारद्वारा गठित वार्ता टोली र केसीबीच गएको असोज ८ गते भएको सहमतिको पत्र अनुमोदन गरी कार्यान्वयन गर्ने निर्णय भएको जानकारी गराएका छन्।