कञ्चनपुरमा काँग्रेस कार्यकर्ताले दुव्र्यवहार गरेको भन्दै प्रशासनमा पुगिन् स्वतन्त्र उम्मेदवार
धनगढीः कञ्चनपुरमा नेपाली काँग्रेसका कार्यकर्ताले दुव्र्यवहार गरेको भन्दै एक स्वतन्त्र उम्मेदवार प्रशासनमा पुगेकी छन्। जिल्लाको दोधाराचाँदनीमा काँग्रेसका कार्यकर्ताले दुव्र्यवहार गरेपछि प्रतिनिधिसभा सदस्यकी स्वतन्त्र उम्मेदवार शारदा चन्द सुरक्षा माग गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुर पुगेकी हुन्।
उनले बिहीबार दुव्र्यवहार घटनाबारे प्रमुख जिल्ला अधिकारी गोपाल अर्याललाई जानकारी गराएको बताएकी छन्। यस्तै उनले आफूलाई कांग्रेस कार्यकर्ताबाट सुरक्षा खतरा रहेको बताइन्।
चुनाव प्रचारका क्रममा बुधबार दोधाराचाँदनी–४ पुगेकी चन्दले काँग्रेस दोधारा चाँदनी नगर समितिका सहसचिव रमेश भण्डारीलगायतले अपशब्द प्रयोग गरी दुव्र्यवहार गरेको दाबी गरेकी छन्। यता, प्रमुख जिल्ला अधिकारीले अर्यालले उम्मेदवारको सुरक्षाप्रति प्रशासन गम्भीर रहेको बताएका छन्।
अढाई दशकदेखि समाजसेवामा सक्रिय चन्द काँग्रेसको महाधिवेशन प्रतिनिधिको पद त्यागेर स्वतन्त्र उम्मेदवारका रुपमा चुनावमा खडा भएकी छन्।