व्यवस्थासँगै अवस्था बदल्न मेरो उम्मेदवारीः नेता पौडेल
तनहुँः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा व्यवस्था बदलिए पनि जनताको अवस्था नबदलिएकाले अवस्था बदल्न आफ्नो उम्मेदवारी रहेको बताएका छन्।
जिल्लाको व्यास नगरपालिका–८ रिस्तीमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले देशमा सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रणमा लाग्नेमा जोड दिँदै देश र गाउँको विकासमा तल्लीन भएर लाग्ने बताए।
लोकतन्त्र र संविधानको रक्षा गर्न वामगठबन्धन गरेर चुनावी मैदानमा अघि बढिएको उनले बताए। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशमा सुशासन कायम गर्न गठबन्धन गरी देशलाई निकास दिन सक्रिय भएर लाग्ने उनले बताए।