सुदूर नेपाललाई विश्वसँग जोड्दै

गठबन्धन घोडा र भैँसीजस्तै हो, स्वार्थी सम्बन्ध कायम छः दामोदर भण्डारी

२०७९ कार्तिक ७, ०६:१५ खबर संवाददाता

बैतडीः नेकपा एमाले सुदूरपश्चिमका अध्यक्ष तथा बैतडीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दामोदर भण्डारीले सत्ता गठबन्धन स्वार्थी सम्बन्धको नमूना भएको बताएका छन्। उनले चुनावी अभियानका क्रममा पुरचौंडी पुगेर यस्तो बताएका हुन्। 

भण्डारीले कुनै एजेन्डा नभएको सत्ता गठबन्धन स्वार्थका लागि बनेको र यो गठबन्धन घोडा र भैसीजस्तो अप्राकृतिक भएको बताए। ‘घोडा र भैँसी एक अर्कासँग मिल्नु अप्राकृतिक हुन्छ,’ भण्डारीले भने, ‘माओवादी र कांग्रेसको गठबन्धन यस्तै हो।’ गठबन्धनसँग कुनै राजनीतिक एजेन्डा नभएको र सत्ता प्राप्तिका लागि मात्र एक अर्काबीच स्वार्थी सम्बन्ध कायम रहेको उनको भनाइ छ। 


 

कमेन्ट लोड गर्नुस