मुटुको भल्व फेरेका विरामीले कहिले पाउँछन रक्त परिक्षणको सेवा ? के भन्छन– मुख्यमन्त्री ( भिडियो सहित)
प्रदेश नम्वर ७ का कुनै पनि सरकारी अस्पतालमा रगत जाँच गर्न नपाएर मुटुको भल्व फेरेका विरामीहरुले अकालमै ज्यान गुमाउन पर्ने समस्या भएपछि प्रदेश सरकारले त्यसमा चाँसो देखाएको छ । मुटुको शल्यक्रिया गरी भल्व फेरेका बिरामीहरूले नियमित गर्नुपर्ने रक्त परीक्षणका लागि प्रदेश नम्वर ७ का कुनै पनि अस्पतालमा व्यवस्था नभएपछि विरामीहरुको विचल्ली छ । दिनेश एफएमले प्रतिक्रीया मागेपछि भने प्रदेश ७ को सरकारले क्रमागत रुपमा ९ वटै जिल्ला अस्पतालमा रक्त परिक्षणको सेवा सुचारु गर्ने दावी गरेको हो ।
प्रतिपक्षी दलका नेताहरुले पनि मुटु रोगीका विरामीहरुको समस्या समाधानका लागि प्रदेशदेखि केन्द्रसरकारसम्म पहल गर्ने आश्वासन दिएका दिएका छन् । घाँटीको संक्रमण र बाथ ज्वरोका कारण भल्बमा असर पुगेपछि भल्व फेरेका विरामीहरुले साप्ताहीक रुपमा गर्नुपर्ने रक्त परिक्षणको समेत सेवा नपाएको दयनिय अवस्थालाई प्रदेश सरकार र प्रतिपक्षी दलका नेताहरुले सुधार गर्ने दावी गरेका हुन् । रगत जाचँ गर्नका लागि पनि अन्य प्रदेशका सरकारी अस्पताल नभए धनढीका निजी अस्पतालमा धाउन पर्ने दयनिय अवस्थालाई प्रदेश सरकारले सुधार गर्ने दावी गरेको हो ।
पहिले २, ३ वटा जिल्ला अस्पताल र त्यसपछि ९ वटै जिल्ला अस्पतालमा उक्त रक्त परिक्षणको सेवा सुचारु गर्न अहिलेदेखि नै पहल गर्ने मुख्यमन्त्री त्रिलोचन भट्टले बताए । मुटुको भल्व फेरेका बिरामीहरूले अवस्था हेरेर साप्ताहीक वा माषिक रुपमा रक्त परीक्षण गरी रगतको सन्तुलन कायम गर्नुपर्ने हुन्छ । यस्ता बिरामीहरूका लागि बाचुञ्जेल रगत नजम्ने औषधि चलाइएको हुन्छ र त्यहि रगतको मात्रा मिलाउनका लागि रक्त परिक्षण अनिवार्य मानिएको छ । तर भल्व फेरेरका विरामीहरुले रक्त परिक्षण गर्ने उपकरण नभएपछि निजी अस्पतालमा महङगो शुल्क तिर्नु पर्ने अवस्था छ ।
अव भने भल्व फेरेका विरामीलाई रक्त परिक्षणको ९ वटै जिल्लामा व्यवस्था गर्न प्रदेशदेखि केन्द्र सरकार सम्म धाउने राष्ट्रिय जनता पार्टीकी प्रदेश सभा सदस्य मालामती रानाले बताईन् । प्रदेश नम्वर ७ मा मटुको भल्व फेरेका विरामीलाई रक्त परिक्षणको व्यवस्था मात्रै होईन, मुट जाँच गर्नका लागि आवश्यक पर्ने इसिजी, इको लगायतका उपकरण पनि उपलब्ध छैनन् । यि उपकरण भए मुटुको अवस्था बारे जान्नका लागि सर्वसाधारणलाई ठुलै समस्या हुने थिएन् ।
तर चुनावमा स्वास्थ्य क्षेत्रमा ठुलै छलाङ ल्याउने आश्वासन दिएका नेताहरु उपचार नपाएर विरामीले ज्यान गुमाउन परेको बाध्यतालाई भने नदेखेझै गरिरहेका छन । हृदयरोग निवारण प्रतिष्ठान कैलालीका अध्यक्ष समेत रहनुभएका प्रमख प्रतिपक्षी दल नेपाली काग्रेसका प्रदेश सभा सदस्य डिल्लीराज पन्तले अव सो समस्या समाधानका लागि पहल गर्ने बताए । नेताहरुले सिहदरवार गाँउ–गाँउमा पुगेको नारा भजाईरहदा मुटुको भल्व फेरेका विरामीलाई रक्त परिक्षणको सेवा समेत प्रदेशका कुनै पनि सरकारी अस्पतालमा नहुनु लज्जासपद विषय हो ।
३ महिनाका लागि विनीयोजीत प्रदेशको बजेटमा पनि स्वास्थ्य अवस्था सुधारका लागि केहि कार्यक्रम समेटीएको र अव प्रदेश सरकारले यस प्रदेशको स्वास्थ्यमा सुधार ल्याउने दावी मुख्यमन्त्री भट्टको छ । प्रदेश नम्वर ७ मा मुटुरोगका विरामीहरुको सङख्या बर्षेनी वढिरहेको छ । माषिक रुपमा हृदयघातकै कारण धेरैले ज्यान गुमाईरहेका छन् । यस्को मुख्य कारण प्रदेश नम्वर ७ का कुनै पनि अस्पतालमा मुटु रोग विशेषज्ञ चिकित्सक नहुनु र सोही कारणले कसैले पनि समय–समयमा मुटु परिक्षण गर्न नपाउनु हो । देशको अवस्था फेरीएर संघियता कार्यान्वयनमा आईसकेको छ तर प्रदेश नम्वर ७ का जनताको अवस्था भने अहिले सम्म पनि उपचार नपाएर ज्यान गुमान पर्ने अवस्था कायमै छ ।
मुख्यमन्त्रीको भनाई भिडियोमा हेनुहोस् ।