सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली ध्वजाबाहक पानीजहाज सञ्चालन गर्ने एकीकृत समाजवादीको घोषणा

२०७९ कार्तिक १४, ०२:०३ खबर संवाददाता

काठमाडौंः नेकपा एकीकृत समाजवादी पार्टीले नेपाली ध्वजाबाहक पानीजहाज सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरेको छ। आगामी निर्वाचनको घोषणपत्रमा पानीजहाज सञ्चालनमा ल्याउन पहल गर्ने उल्लेख गरेको हो।

घोषणापत्रमा भनिएको छ, ‘नेपालका ठूला नदी तथा नहरहरू र तालहरूमा पर्यटक लक्षित साना पानीजहाजहरू सञ्चालन गरिने छ। भूपरिवेष्ठित मुलुकहरूले समुद्र उपयोग गर्न पाउने अधिकार प्रयोग गरी नेपाली ध्वजाबाहक पानीजहाज सञ्चालनका लागि पहल गरिनेछ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई विस्तार तथा स्तरोन्नति, निजगढमा अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललगायत सबै आन्तरिक विमानस्थलहरूलाई अत्याधुनिक, व्यवस्थित, सुविधासम्पन्न र सुरक्षित हुने गरी विस्तार तथा आधुनिकीकरण गर्न पहल गरिने उल्लेख गरेको छ।

विराटनगर, नेपालगञ्ज, सुर्खेत तथा धनगढी विमानस्थलहरूलाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नति गर्न पहल र बाह्य र आन्तरिक पर्यटन र मागको प्रक्षेपणका आधारमा नेपाल वायुसेवा निगमका विमानको सङ्ख्या बढाइने घोषणापत्रमा उल्लेख गरिएको छ।

कमेन्ट लोड गर्नुस