चुनावपछि यही गठबन्धनको सरकार बन्छ भन्ने छैनः एकीकृत समाजवादी
काठमाडौंः नेकपा एकीकृत समाजवादीका महासचिव डा बेदुराम भुसालले अहिलेको सत्ता गठबन्धन आगामी निर्वाचनसम्मको लागिमात्रै भएको बताएका छन्।
आगामी निर्वाचनको पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले भने, ‘अहिलेको गठबन्धन निर्वाचनसम्मको मात्रै हो। निर्वाचनपछि यही गठबन्धन हुन्छ या अर्को गठबन्धन हुन्छ भन्ने कुरा अहिले नै भन्न सक्ने विषय हो भन्ने मलाई लाग्दैन। यही गठबन्धनको सरकार बन्यो भने पनि हाम्रो प्रतिबद्धता कार्यान्वयनका लागि पहल गर्छौं। अर्को बनेछ भने पनि त्यहाँ पहल गर्छौं।’
आफ्नो पार्टी सरकारमा रहने अवस्था भयो भने प्रतिबद्धता कार्यान्वयन गर्ने उनले बताए। सरकार बाहिर रहे जनताको आवाजको रुपमा आफूहरुले उठाइराख्ने महासचिव भुसालको भनाइ छ।