सुदूर नेपाललाई विश्वसँग जोड्दै

चुनावपछि देउवा नै प्रधानमन्त्रीः कांग्रेस प्रवक्ता

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ कार्तिक १६, ०१:३४ खबर संवाददाता

रूपन्देहीः नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनपछि कांग्रेस सभापति प्रधानमन्त्री शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताएका छन्। उनले चुनावमा सबैभन्दा धेरै सीट कांग्रेसले ल्याउने र पार्टी सभापतिको हैसियतमा देउवा नै प्रधानमन्त्री हुनुपर्ने आफ्नो पार्टीको बटमलाइन भएको बताए।

बुधबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा कांग्रेस निर्वाचन प्रचारप्रसार समितिका संयोजकसमेत रहेका डा महतले १६५ सीटमध्ये ९१ सीटमा नेपाली कांग्रेसका उम्मेदवार भएकोले अन्य पार्टीभन्दा धेरै सीट ल्याउने दाबी गरे।

नेकपाकालीन सरकारमा नागरिकले धेरै दुस्ख पाएको भन्दै उनले गफ लगाउनेलाई विश्वास गर्नुभन्दा नबोलेर काम गर्नेलाई मूल्यांकन गर्नुपर्ने बताए।

कमेन्ट लोड गर्नुस