सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा भाषण गर्दैमा लिम्पियाधुरा आउँदैन, कि लड्न बन्दुक ल्याउनुहोलाः देउवा 

२०७९ कार्तिक १९, ०४:२० खबर संवाददाता

धनगढीः प्रधानमन्त्री तथा कांगेस सभापति शेरबहादुर देउवाले केपी ओलीले दार्चुला गएर भाषण गर्दैमा  लिम्पियाधुरा नआउने बताएका छन्। शनिबार डडेल्धुराको अजयमेरु गाउँपालिकास्थित चुनावीसभालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्। 

उनले भने,  ‘दार्चुला गएर भाषण गरेर  लिम्पियाधुरा आउँछ ? कि लड्नुपर्यो। बन्दुक ल्याउनुहोला। होइन भने कुटनैतिक माध्यमबाट आफ्नो भूमि फिर्ता ल्याउने हो। भाषण त काठमाडौं बसेर भारत नै हाम्रो भनिदिनसक्छौँ।’ 

यस्तै उनले माओवादी र कांग्रेस मिले सुदूरपश्चिमको विकास छिटो हुने दाबी गरे। उनले आफु पाँचौपटक प्रधानमन्त्री भइसकेको र डडेल्धुराको विकासमा लागिरहेको बताउँदै केही काम गर्न भने बाँकी रहेको पनि बताए। 


 

कमेन्ट लोड गर्नुस