सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक रातमै रक्सीमा १५ लाख सकिन्छः मनाङे  

२०७९ कार्तिक २०, ०७:४७ खबर संवाददाता

काठमाडौँ: निर्वाचन आयोगले १४ कात्तिकमा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री एवं गण्डकी प्रदेश सभा सदस्यका लागि मनाङ (ख) उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) लाई स्पष्टीकरण सोध्यो । 

‘जुन अहिले निर्वाचन आयोगले ३३ लाख, ३० लाखभन्दा बढी खर्च गर्नुहुँदैन भनेको छ, ३० लाखमा नेपालमा कहीँ चुनाव जित्छ यार ? मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छन्,’ एक अन्तर्वार्तामा उनले भनेका थिए।

खासमा निर्वाचन आयोगले दिएको प्रतिउम्मेदवार ३० देखि ३३ लाखको खर्चको सीमा अव्यावहारिक भएको मनाङेले प्रस्ट्याउन खोजेका थिए। चुनावी प्रचार र परिचालनको तामझाम हेर्दा एक सय ६५ जना प्रतिनिधिसभाका प्रत्यक्ष र तीन सय ३० जना प्रदेश सभाका प्रत्यक्षतर्फका ठूला दलका उम्मेदवारले आयोगले तोकेको सीमाभित्रै खर्च गर्छन् भनेर पत्याउने कुनै आधार छैन।

त्यस अर्थमा कतिपयले मनाङेको तर्कलाई एउटा कोणबाट स्वाभाविक मान्न पनि सक्छन्। 

कमेन्ट लोड गर्नुस