सरकारमा गए भ्रष्टाचार जरैदेखि अन्त्य गर्छु, कोही विदेश जानु पर्दैनः सभापति लामिछाने
काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू सरकारमा गए भ्रष्टाचारको जरैबाट अन्त्य गर्ने बताए। त्यसका लागि जनताले स्वतन्त्र पार्टीलाई सहयोग गर्न आह्वान पनि उनले गरे। सुर्खेतमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गए भ्रष्टाचारको जरैबाट अन्त्य गर्ने बाचा गरे।
उनले गुणस्तरीय शिक्षा, स्वास्थ, र रोजगारीका लागि अब कोही पनि व्यक्ति विदेश जानु नपर्ने बताए। ‘आफ्ने बाचापत्रमा सबै प्रष्ट उल्लेख गरेको र सोही बमोजिम काम गर्न नसके फेरी फर्केर मत माग्न आउँदिन,’ उनले भने– ‘देशमा अनेकौं समस्या रहेको र यसको समाधानमा पुराना राजनीतिक दलहरुले चासो दिएनन्।’
साथै उनले आफ्नो पार्टी सरकारमा गए उपचार गरेर पैसा तिर्न नसक्ने नागरिकको सरकारले तिरिदिने बताए।