सुदूर नेपाललाई विश्वसँग जोड्दै

चुनाव जितेका किसान र जितेन्द्रलाई २०५ किलोको माला

२०७९ मंसिर १७, ०१:४० खबर संवाददाता

बाराः बाराको परवानीपुरमा स्थानीयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ र प्रदेश सभा सदस्य जितेन्द्र सोनललाई २०५ किलोको माला लगाइदिएका छन्। बाराको परवानीपुर गाउँपालिका ५  बहुअरीमा उनीहरूलाई २ सय  ५ किलोको माला लगाइदिएका हुन्।

मंसिर ४ गतेको निर्वाचनबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि उनीहरू धन्यवाद ज्ञापन गर्न घरदैलोमा छन्। सोही क्रममा बहुअरीमा स्थानीयले स्वागत र सम्मान गरेको लोसपाका युवा नेता रमेश सर्राफले जानकारी दिए।

कमेन्ट लोड गर्नुस