सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुबईमा नेपालीले सञ्चालन गरेका तीन वटा ट्राभल एजेन्सी एक

२०७५ चैत्र ८, ०५:१९ खबर संवाददाता

यूएईको दुबईमा नेपालीले सञ्चालन गरेका तीन वटा ट्राभल एजेन्सी एक भएका छन्। बरदुवईमा सञ्चालित शुभयात्रा ट्राभल एण्ड टुरिजम, काठमाण्डौं ट्राभल एण्ड टुरिजम र अल जजिरा अल तविला टुरिजम एलएलसी एक भएर शुभयात्रा ट्राभल एण्ड टुरिजमका रुपमा काम थालेका हुन्। शुभयात्राका संचालकहरु तोया चौंलागाईं, कृष्ण भट्टराई र डिल्ली मैनाली, काठमाण्डौं ट्राभलका सञ्चालक सूर्य गिरी र अल जजिरा अल तविलाका सञ्चालक भगवान रुपानी एक भएर व्यवसाय सञ्चालन गर्न सहमत भएको विज्ञप्तीमा उल्लेख छ। 
झण्डै ३ महिनाको छलफलपछि विदेशमा फुटेर भन्दा जुटेर व्यवसाय गर्दा भविष्यमा ग्रुप अफ कम्पनी सञ्चालन गर्न सकिने भन्दै तीन कम्पनी मर्ज गरिएको व्यवसायी तोया चांैलागाईंले जानकारी दिए।
‘एउटै भवनको अगाडि पछाडी कार्यालय सञ्चालन गरेर एउटै प्रकृतिका व्यवसाय गर्दा अस्वस्थ प्रतिस्पर्धा हुने भएकाले हामी एक भएका हौं’  व्यवसायी सूर्य गिरीले भने। मर्ज भएपछि बरदुबइमा शुभयात्राको कार्यालय राखिएको छ। सोही समुहले आबुधाबी र डिआईपी लगायतका क्षेत्रमा शाखा खोल्ने तयारी पनि गरिरहेको छ। 
 
 

कमेन्ट लोड गर्नुस