सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकी राजदूत र माधव नेपालबीच भेट

२०७९ मंसिर २१, ०२:२९ खबर संवाददाता

धनगढीः नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्सनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग शिष्टाचार भेट गरेका छन्।

बुधबार पार्टीको कार्यालय आलोकनगरमा पुगेर थम्सनले अध्यक्ष नेपालसँग भेटेका हुन्। अमेरिकी राजदूतसँगको भेटबारे अध्यक्ष नेपालले आफ्नो फेसबुकमार्फत् जानकारी दिएका छन्। 

भेटमा स्वागत एवं कार्यकाल सफलताको कामना सहित नेपाल अमेरिका सम्बन्धका विविध विषयमा कुराकानी भएको उनले उल्लेख गरेका छन्। राजदूत थम्सन हालै नेपालको राजदूत भएर आएका हुन्। 
 

कमेन्ट लोड गर्नुस