रेशम चौधरीलाई आममाफी दिन सरकारले गर्यो अध्यादेश ल्याउने निर्णय
धनगढीः टिकापुर हत्याकाण्डमा दोषी ठहर भएका रेशम चौधरीलाई आम माफी दिने कानुनी बाटो बनाउन सरकारले अध्यादेश ल्याउने भएको छ। आजको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
अध्यादेश राष्ट्रपतिबाट जारी भने भइसेको भने छैन। यो अध्यादेश जारी भए टिकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई कानुनी रुपमै आममाफी दिन बाटो खुल्नेछ।