कामदार लाने विषयमा नेपाल र जापानबीच सोमबार समझदारीमा हस्ताक्षर हुने
नेपाल र जापानबीच नेपाली कामदार लाने विषयमा भोलि सोमबार श्रमिक आपुर्तिबारे सहकार्यको समझदारी (एमओसी)मा हस्ताक्षर हुने भएको छ । भोली सोमबार काठमाण्डौमा एक कार्यक्रमकाबीच नेपाल र जापानबीच हस्ताक्षर हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र जापानका चारवटा मन्त्रालयका अधिकारीहरुले कामदार आपूर्ति गर्नेबारे सहकार्यको समझदारीमा हस्ताक्षर गर्नेछन्।
जापानी पक्षको हस्ताक्षरसहितको एमओसी नेपालस्थित जापानी राजदूतले श्रमसचिवसमक्ष पेस गर्ने कार्यक्रम छ। सन् १९९३ यता जापानले नेपालसहित विभिन्न १५ देशबाट अन्तर्रा्ष्ट्रिय तालिम सहयोग निकाय (जिट्को) सम्झौता अन्तर्गत तालिमसँगै रोजगारी दिने गरी प्रशिक्षार्थी कामदार लैजाँदै आएको थियो। त्यसैअनुसार आर्थिक वर्ष ०६४र६५ देखि नेपाली कामदार जापान जान सुरु भएको हो। जापान सरकारले आउँदो अप्रिल १ तारिखदेखि विभिन्न ९ देशबाट कामदार लैजाने घोषणा गरेको थियो। त्यसैअनुसार अप्रिल १ तारिखदेखि नै कार्यान्वयनमा आउने गरी नेपाल र जापानबीच एमओसीमा हस्ताक्षर हुन लागेको हो।