शंकर पोखरेलको आह्वानः वामपन्थी एक बनौँ
धनगढीः नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वामपन्थीहरू एक हुन आह्वान गरेका छन्। शुक्रबार (आज) सुर्खेतमा आयोजित पत्रकार महासंघको साधारणसभालाई सम्बोधन गर्दै पोखरेलले यस्तो आह्वान गरेका हुन्। ‘वामपन्थीहरू एक ठाउँमा उभिनुपर्छ,’ उनले भनेका छन्।
त्यसअघि उनले भने, ‘यो गठबन्धनको कुनै पनि आफ्नो लक्ष्य छैन। गठबन्धन जनताका लागि बनेको होइन। त्यसैले वामपन्थीहरू एकठाउँमा उभिनुपर्छ।’ उनले प्रमुख दलहरूले जनादेश भुलेको बताए। यसैकारण नयाँ शक्तिहरू उदाइरहेको उनले बताए। ‘अहिले नयाँ दलहरू उदाएका छन्। यो नयाँ दलहरू उदाउनुमा पुराना दलहरूले आफ्नो जनादेश गुमाउनुसँग जोडिएको छ,’ उनले भनेका छन्।