बालकोट सहमतिः आलोपालो प्रधानमन्त्री
काठमाडौंः नेकपा एमाले र माओवादी केन्द्रबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ। माओवादी केन्द्र, कांग्रेस नेतृत्वको गठबन्धन छाडेर आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहमत भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार भएको छलफलमा अहिले प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ। एक नेता भन्छन्, ‘आलोपालो प्रधानमन्त्रीको सहमति भएको छ। अहिले प्रचण्डको नेतृत्वमा सरकार बन्छ।’
१६६ सांसदको समर्थन जुटाएको नेताहरुको दाबी छ।