सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवाले बालुवाटार छाडे, धुम्बाराही भाडाको घरमा सरे

२०७९ पुष १३, १२:५० खबर संवाददाता

काठमाडौंः नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा भाडाको घरमा सरेका छन्। प्रधानमन्त्रीबाट पदमुक्त भएपछि उनी बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका हुन्।

बुढानीलकण्ठस्थित देउवाको निवासमा हाल निर्माण कार्य भइरहेकाले उनी भाडाको घरमा सरेको उनको सचिवालयले जनाएको छ। ‘बुढानीलकण्ठको घर निर्माण सकिन करीब ४ महिना नै लाग्छ। निजी निवासमा सर्न अहिले सम्भव छैन। अहिलेका लागि भाडाको घर खोजिएको हो’, देउवाको एक सहयोगीले भने।

१० पुसमा नै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा पदमुक्त भएका थिए। तर उनी तत्कालै बुढानीलकण्ठस्थित निवासमा सर्न सक्ने अवस्था नभएकाले भाडाको घर खोजिरहेका थिए।

त्यसैले बालुवाटारबाट सर्न केही दिन लागेको सचिवालयको भनाइ छ।

कमेन्ट लोड गर्नुस