सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश प्रमुखबाट समयसीमा तोकिएपछि सुदूरपश्चिम सरकार एक साताभित्रै गठन

२०७९ पुष १९, ०७:०३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकार अबको एक साताभित्रै गठन हुने गरी आवश्यक प्रक्रिया थालिएको छ। यसका लागि प्रदेश प्रमुखले बुधवार दलहरुलाई आमन्त्रण गरेका छन्।

सुदूरपश्चिममा दोस्रो कार्यकालका लागि नयाँ प्रदेश सरकार गठन गर्न प्रदेश प्रमुख देवराज जोशीले दलहरूलाई समय निर्धारण गरेका हुन्। प्रदेश प्रमुख जोशीले आज समय दिने तयारी गरेका थिए। तर, दलहरूले बुधबारका लागि आग्रह गरेपछि विहान १० बजे नयाँ सरकार गठनका लागि समय दिन लागिएको प्रदेश प्रमुखको कार्यालयले बताएको छ। 

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनको दाबी पेश गर्न एक साताको समय तोकिन लागेको हो। सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्य छन्। सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि २७ सांसद आवश्यक पर्छ। सुदूरपश्चिम प्रदेशमा कुनै पनि एक दलले सरकार बनाउन सक्ने अवस्था छैन। 

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत पु¥याएर मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न समय निर्धारण गरिएको छ। 

प्रदेशले एक साताभित्रै नयाँ सरकार पाउने छ। प्रदेशमा काँग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ नेकपा एकीकृत समाजवादीका ४ राप्रपाका एक र स्वतन्त्र एक सांसद छन्।

कमेन्ट लोड गर्नुस