सुदूर नेपाललाई विश्वसँग जोड्दै

वाम एकता गर्न माओवादीले बनायो पाँच सदस्यीय वार्ता टोली

२०७९ पुष २३, ०७:१४

काठमाडौँ : सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले बृहत् वाम एकताको पहलका लागि भन्दै पाँच सदस्यीय वार्ता टोली बनाएको छ। प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को अध्यक्षतामा शनिवार बसेको केन्द्रीय कार्यालयको बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो।

टोलीमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरु गरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत रहेको प्रवक्ता कृष्णबहादुर महराले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

पार्टी एकताकै विषयमा दाहालसँग नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायत नेताले शनिवार नै वार्ता गरेका थिए। 
 

कमेन्ट लोड गर्नुस