एकीकृत समाजवादीका युवा नेताले भीम रावललाई भेटे
काठमाडौँः भीम राललाई नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको केन्द्रिय नेतृत्वको टोलीले भेटेको छ।
उनीहरुले नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसाल र वामदेव गौतमलाई समेत भेट गरेका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रुष्ट रहेका अर्का नेता भीम रावलसँग एकीकृत समाजवादीका युवा नेताहरुले भेटेका हुन्।
युवा संघ नेपालका अध्यक्ष तथा प्रदेश सभा सदस्य नरेश शाही, नेकपा समाजवादीका केन्द्रीय सदस्य हस्त शाही लगायत संघका पदाधिकारीहरूले नेता रावलसँग छलफल गरेका बताइएको छ। उनीहरु बिचमा समग्र कम्युनिस्ट आन्दोलन र राजनीति अवस्थाका बारेमा छलफल भएको हो।