सुदूर नेपाललाई विश्वसँग जोड्दै

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी

२०७९ पुष २४, ०२:३३ खबर संवाददाता

काठमाडौंः जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दीको सहमति भएको छ। आइतबार दुई पार्टीका प्रमुखहरु सीके राउत र रञ्जिता श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

सहमति पत्रको प्रस्तावना ‘विभिन्न मुद्दाहरुमा सहकार्य गर्ने राष्ट्रिय राजनीतिमा समन्वयकारी तथा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नका लागि तत्काल दुई पार्टीबीच मोर्चाबन्दी गर्ने’ भनिएको छ।

उनीहरुबीच विभिन्न १२ बुँदामा सहमति भएको छ। टीकापुर घटनाका राजबन्दीहरुलगायत रेशम चौधरीको रिहाइको लागि पहल गर्ने, नेपाल सरकारले ल्याएको मुलुकी फौजदारी संहिता पहिलो संशोधन अध्यादेश, २०७९ लाई संसद्बाट पारित गराई प्रभावकारी कार्यान्वयन गराउन सरकारलाई दबाब दिने, सर्वोच्च अदालतले समेत सार्वजनिक गर्न आदेश दिएको उच्चस्तरीय लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने लगायतका विषय छन्।
 

कमेन्ट लोड गर्नुस