सुदूर नेपाललाई विश्वसँग जोड्दै

नागरिक उन्मुक्ति मौन बस्दा प्रदेश सरकार गठनमा अलमल

२०७९ पुष २७, ०१:४९ खबर संवाददाता

धनगढीः नागरिक उन्मुक्ति पार्टी मौन बस्दा सुदूरपश्चिम प्रदेश सरकार गठनमा उल्झन आउने देखिएको छ। 

पार्टीका संरक्षक रेशम चौधरीलाई जेलबाट छुटाउनेबारे प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लिखित सम्झौताको माग गरेपछि अन्योलता झनै बढेको हो। 

चौधरीले आजै दिउँसो २ बजेसम्म ठोस निर्णय नभए आफू त्यस गठबन्धनमा नरहने जनाइसकेका छन्। आज डिल्लीबजार कारागारमा सांसद र आफूनिकटका नेताहरूलाई रेशमले यो विषय अघि सारेका हुन्।

सुदूरपश्चिम सरकार गठनका लागि नागरिक उन्मुक्तिका ७ सांसद निर्णायक छन्।

अहिलेसम्म नागरिक उन्मुक्ति मौन बसिरहेको छ। यस्तो अवस्थामा कांग्रेस संसदीय दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने समेत चर्चा हुन थालेको छ।
 

कमेन्ट लोड गर्नुस