सुदूरपश्चिमको सभामुखका लागि दुई सांसदले गराए मनोनयन दर्ता
धनगढीः सुदूरपश्चिमको सभामुखका लागि दुई जना प्रदेश सभा सदस्यले मनोनयन दर्ता गरेका छन्।
प्रदेश सांसद मानबहादुर रावल र भीम भण्डारीले सभामुखका लागि मनोनयन दर्ता गरेका हुन्।
माओवादी केन्द्रबाट प्रदेश सभा सदस्य भण्डारी र नेपाली काँग्रेसबाट प्रदेश सभा सदस्य रावलले सभामुखका लागि मनोनयन दर्ता गरेका हुन्।
प्रदेशसभा सचिवालयले सभामुख मनोनयनका लागि आज दिउँसो २ः३० बजेभित्र मनोनयन दर्ता गर्नुपर्ने समय तालिका बनाएको थियो।
सोहि समय तालिकाअनुसार नेपाली काँग्रेस र माओवादीबाट प्रदेश सभा सदस्यमा निर्वाचित दुबै सांसदले सभामुखका लागि मनोनयन दर्ता गरेको प्रदेश सभा सचिवालयले जनाएको छ।