सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओली भेट्न बालकोट पुगे प्रचण्ड

२०७९ पुष २७, ०७:४७ खबर संवाददाता

काठमाडौँ ः प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बुधबार साँझ बालकोट पुगेका छन्। गोरखा महोत्सव उद्घाटन गर्न हेलिकोप्टरबाट गोरखा पुगेर उनी फर्किएका हुन्। उनी बुधबार साँझ सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवादका लागि बालकोट पुगेका छन्। 
प्रचण्डले मंगलबार संसदबाट विश्वासको मत लिएका थिए। उनलाई नेपाली काँग्रेससहित अधिकांश सांसदको समर्थन मिलेको छ।

विश्वासको मत लिएपछि प्रचण्ड अब मन्त्रिपरिषद् विस्तार तयारीमा छन्। पुस ११ मा तेस्रो पटक प्रधानमन्त्री बनेका उनी आफैंले अहिले १७ वटा मन्त्रालयको कार्यभार सम्हालिरहेका छन्।
यस्तोमा एक दुई दिनभित्रै क्याबिनेट विस्तार र विनाविभागीय मन्त्रीहरुलाई जिम्मेवारी दिने तयारी सत्ता गठबन्धनको छ।
 

कमेन्ट लोड गर्नुस