सुदूरपश्चिम प्रदेशको सभामुख निर्वाचनमा अन्योल
धनगढीः सभामुखको निर्वाचनका बिषयमा समय थप हुँदै गएपछि निर्वाचन अनिश्चित बन्न पुगेको छ। काँग्रेस र समाजवादीद्धारा समयमै निर्वाचन गर्न माग गर्दै आएपनि समय लम्बिदै गएको हो। यही विषयमा प्रदेश सभामा लफडा हुने समेत देखिएको छ।
सुदूरपश्चिममा सभामुख चयनका लागि बिहीबार दिउँसो १ बजे बोलाइएको प्रदेशसभाको बैठक साढे २ बजेसम्म सारिएपनि बस्न सकेको छैन। प्रदेशसभा भवनमा बिहान ११ बजेदेखि सर्वदलीय बैठक जारी छ।
सर्वदलीय बैठक लम्बिएका कारण अहिलेसम्म प्रदेशसभाको बैठक बस्न नसकेको प्रदेशसभा सचिवालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशसभाको सभामुखको लागि सत्तारुढ गठबन्धनबाट माओवादीका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलले मनोनयन दर्ता गराएका छन्।
भण्डारीलाई सत्तारुढ गठबन्धनका एमालेका १०, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक गरी २९ जना प्रदेशसभा सदस्यको समर्थन छ भने रावललाई कांग्रेसका १९ जनाको समर्थन छ।