सुदूर नेपाललाई विश्वसँग जोड्दै

जसपा संसदीय दलको बैठक आज पनि बस्ने

फाइल फोटो
फाइल फोटो
२०७९ माघ ४, ०५:५४ खबर संवाददाता

काठमाडौं: जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक बुधबार पनि बस्ने भएको छ।

मंगलबार पार्टी कार्यालयमा बसेको बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्रले जसपालाई मन्त्रीमण्डलमा सन्तुलित र न्यायोचित सहभागिता गराउन नचाहेको विषयमा छलफल भएको थियो।  संसदीय दलको बैठक आज बुधबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने र समसामयिक विषयमा छलफल हुने बताइएको छ।

कमेन्ट लोड गर्नुस