सुदूर नेपाललाई विश्वसँग जोड्दै

सांसद चौधरीलाई उच्च अदालतले अन्तरिम आदेश दिन गर्‍यो अस्वीकार

२०७९ माघ २३, ०६:५७ खबर संवाददाता

धनगढी: नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा सदस्य अरूणकुमार चौधरीलाई उच्च अदालत दिपायलले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

उच्च अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै जिल्ला अदालत, जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीका नाममा कारण देखाउ आदेश जारी गरेको सूचना अधिकारी नरबहादुर नेगीले जानकारी दिए। नेगीका अनुसार चौधरीको मुद्दामा अन्तरिम आदेश जारी गर्नुनपर्ने कारण वा प्रमाण भए १५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश गरिएको छ।

उक्त मुद्दाका वादी र प्रतिवादी दुवै पक्षसँगको छलफल पछि अन्तरिम आदेश सम्बन्धमा निर्णय गर्न सकिने ठहर गर्दै माघ २९ गते पेश तोकिएको सूचना अधिकारी नेगीले बताए। २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै २०६७ भदौ २ कैलाली जिल्ला अदालतमा अरुण चौधरीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएको थियो। चौधरी हाल कैलाली कारागारको थुनामा छन्।
 

कमेन्ट लोड गर्नुस