माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै
काठमाडौंः नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बिहीबार बस्दैछ।
केन्द्रीय समितिले पूर्णता पाएपछि पहिलो बैठक भर्चुअल बस्न लागेको हो। बेलुकी ५ बजे बस्ने नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान राजनीतिक परिस्थिति र पार्टी संगठनका बारेमा सम्बोधन गर्नेछन्।
माओवादी केन्द्रका सचिव गणेश साहका अनुसार अनलाइनमार्फत अध्यक्ष दाहालले बैठकको सम्बोधन गर्न लागेका हुन्। स्थायी समितिको निर्णयबारे उनले जानकारी गराउने छन्।
यसअघिको स्थायी कमिटीको बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भएको अन्तर्घातको छानविन, संगठन निर्माणका लागि देशभरि २ महिने अभियान चलाइने र प्रदेश समन्वयको बैठक गर्ने निर्णय भएको थियो।