सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले गुमाए बहुमत, मुख्यमन्त्रीमा अस्वीकृत

२०७९ माघ २६, ०५:४२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बहुमत गुमाएका छन्। मुख्यमन्त्रीको पक्षमा बहुत नपुगेपछि उनी स्वतः पदमुक्त भएका हुन्।

प्रदेश सभामा उपस्थित बहुमत सांसदहरुले मुख्यमन्त्रीको प्रस्ताव अस्वीकृत गरेपछि मुख्यमन्त्रीले पद गुमाएका छन।

विश्वासको मत लिने समय सीमा सकिँदा समेत नागरिक उन्मुक्ति पार्टीको उपस्थिति भएको थिएन। नागरिक उन्मुक्तिको उपस्थितीबिना नै मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको सुदूरपश्चिम प्रदेश सभाको बैठक शुरु भएको थियो।

प्रदेश सभामा नागरिक उन्मुक्ति उपस्थित नभएपछि मुख्यमन्त्री राजेन्द्र रावलले बहुमत गुमाएका छन्। नागरिक उन्मुक्तिको समेत समर्थनमा एक महिनाअघि मुख्यमन्त्री भएका रावलले बहुमत गुमाएपछि आजै मुख्यमन्त्री पद गुमाएका छन्।

कमेन्ट लोड गर्नुस