सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्व प्रधानमन्त्री नेपाल धनगढीमा 

२०७९ माघ २९, ११:३७ खबर संवाददाता

धनगढीः पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल धनगढी पुगेका छन्। नेकपा एकीकृत समाजवादीको प्रदेश कमिटिको बैठकका लागि उनी आइतवार धनगढी आएका हुन्।

एकीकृत समाजवादीको धनगढीमा प्रशिक्षण कार्यक्रमसमेत रहेको छ। सोमवार प्रशिक्षण कार्यक्रम रहेको पार्टीले बताएको छ। सुदूरपश्चिममा एमालेको नेतृत्वमा रहेको प्रदेश सरकार ढलेपछि पहिलो पटक नेपाल धनगढी आएका हुन्। सुदूरपश्चिममा काँग्रेस नेतृत्वको सरकारमा समाजवादी पनि सहभागी भएको छ।

एकीकृत समाजवादीका नरेश शाही प्रदेशको आर्थिक मामिला मन्त्री भएका हुन्। 
 

कमेन्ट लोड गर्नुस