सुदूर नेपाललाई विश्वसँग जोड्दै

भोलि सार्वजनिक बिदा

२०७९ माघ २९, ०५:५८ खबर संवाददाता

काठमाडौंः सरकारले जनयुद्ध दिवस (फागुन–१)मा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आइतबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। मन्त्रिपरिषद बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पु¥याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको हो। जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ।

परिवर्तनका पक्षमा भएका सबै आन्दोलन र क्रान्तिको सम्मानमा सरकारले सार्वजनिक बिदा दिने निर्णय लिएको हो। 
 

कमेन्ट लोड गर्नुस