विद्यार्थी नेता बमको अनेरास्ववियुको केन्द्रीय सचिवमा दाबी
धनगढीः विद्यार्थी नेता रक्षा बमले अनेरास्ववियुको केन्द्रीय सचिवमा दाबी गरेकी छन्।
एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्यसमेत रहेकी सुदूरपश्चिम प्रदेश सचिव बमले २३औँ महाधिवेशनमा केन्द्रीय सचिवका लागि दाबी पेश गर्ने भएकी हुन्। फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा आफूले केन्द्रीय सचिवमा उम्मेदवारी दिने बमले बताइन्।
धनगढीमा रहेर अनेरास्ववियुको राजनीतिमा बम सक्रिय छिन्। २०६५ सालमा सुदूरपश्चिमको विकट पहाडी जिल्ला दार्चुलाको छान्ना तिंकरी कन्या माविमा सात कक्षामा पढ्दै गर्दा अनेरास्ववियुमा संगठित हिसाबले जोडिएकी उनी बताइछिन्।
उच्च शिक्षाका लागि धनगढी आएकी उनी कैलाली बहुमुखी क्याम्पसबाट अनेरास्ववियुमा सक्रिय रहेकी छिन्। उनले कैलाली बहुमुखी क्याम्पसमा कमिटी सदस्य हुँदै कोषाध्यक्ष, सहसचिव र लामो समय कार्यवाहक अध्यक्ष भएर काम गरेकी थिइन।