सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपति निर्वाचन: आज अन्तिम मतदाता नामावली प्रकाशन

२०७९ फाल्गुन १२, ०६:०७ खबर संवाददाता

काठमाडौं: राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज अन्तिम नामावली प्रकाशन हुनेछ। मतदाता नामावलीमा समावेश नाममा दावी विरोध, उजुरी र छानविन पछि आज नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। निर्वाचन कार्यतालिका अनुसार १३ गते उमेदवारी दर्ता हुनेछ।

राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ । मतदानका लागि दुईवटा मतदान केन्द्र रहनेछन्। 

एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेशसभाका सदस्यले मतदान गर्नेछन्। अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी रहेको निर्वाचन आयोगको निर्वाचन शाखाका ऋषिराम भुसालले जानकारी दिए। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा ८८१ मतदाता छन्। 

 

कमेन्ट लोड गर्नुस