सुदूर नेपाललाई विश्वसँग जोड्दै

राप्रपाले सरकारलाई समर्थन नगर्ने 

२०७९ फाल्गुन १३, ११:५२ खबर संवाददाता

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारलाई समर्थन नगर्ने भएको छ। आज (शनिबार) बिहान बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

सत्ता सहकार्यमा भएको आकस्मिक परिवर्तन भई मुलुक पुन सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको भन्दै सरकारबाट बाहिरिएको राप्रपाले विज्ञप्ति प्रकाशन गर्दै जनाएको छ। 

कमेन्ट लोड गर्नुस