सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्रीको पक्षमा मतदान गर्न समाजवादीका सांसदलाई ह्विप

२०७९ फाल्गुन २१, ०१:३६ खबर संवाददाता

धनगढीः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुदुरपश्चिमले मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने भएको छ।

एकीकृत समाजवादी पार्टी संसदीय दलका नेता दीर्घबहादुर सोडारीको अध्यक्षतामा बसेको दलको बैठकले प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै प्रदेश सभा सदस्यलाई ह्विप जारी गरेको छ।

पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो। एकीकृत समाजवादीसँग सुदूरपश्चिम प्रदेश सभामा ४ जना प्रदेश सभा सदस्य छन्।

कमेन्ट लोड गर्नुस