सुदूर नेपाललाई विश्वसँग जोड्दै

आफ्नो अधिकारको लागि मर्न तयार हुने कसरी हुन्छ ?अपराधीः विप्लव

२०७९ फाल्गुन २१, ०४:५० खबर संवाददाता

काठमाडौँः नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादीलाई अपराधीकरण गर्न खोजिए इतिहास दोहोरिने चेतावनी दिएका छन्।

जनयुद्धका सहिद तथा बेपत्ता सन्तति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै चन्दले यदि माओवादीलाई अपराधी बनाए इतिहास दोहो¥याउने बताए। अहिलेको लोकतन्त्रले माओवादीलाई अपराधी बनाउने अधिकार नभएको चन्दले जिकिर गरे। ‘अहिले माओवादीलाई अपराधी बनाउन खोजिँदै छ।

बेपत्तालाई अपराधी बनाउन खोजिँदै छ। असम्भव छ। यो लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने अधिकार छैन। यो लोकतन्त्रमा बनाउन खोजिँदै छ’ चन्दले भने, ‘माओवादीलाई अपराधीकरण बनाउन खोजियो भने इतिहास दोहोरिन्छ। इतिहास दोहो¥याउन सकिन्छ। यो कुरा सबैले हेक्का राख्नुपर्छ।’

माओवादी अपराधी भनेरै भास्य निर्माण गर्न खोजिएको भन्दै चन्दले आक्रोश पोखे। मैले के भनेको छु भने माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउन तागत छ। चन्दले भने, ‘नेपालमा को हो हत्यारा? अढाई सय वर्ष नेपाली जनतालाई टाउकोदेखि खुट्टासम्म लुटेर चुसेर अर्बौ सम्पत्ति थुपार्ने सामन्त फटाहहरु अपराधी हुन कि आफ्नो अधिकारको लागि मर्न तयार हुने विद्रोह गर्ने जनता अपराधी हो? को हो अपराधी?’

बाबु बाजेदेखि सम्पत्ति थुपारेर जनसम्पत्ति मुठिठभर मान्छेहरूले मोज मस्ती गरेर नेपाली जनतालाई पैसाको रवाफ दिने भन्दै चन्दले आक्रोश पोखे। ‘हामी अपराधी होइनौँ। अपराधी भनेर जुन व्याख्या गर्न खोजिँदै छ। 
 

कमेन्ट लोड गर्नुस