सुदूर नेपाललाई विश्वसँग जोड्दै

अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने नागरिक उन्मुक्तिको निर्णय

२०७९ फाल्गुन २६, १२:१९ खबर संवाददाता

धनगढी: नागरिक उन्मुक्ति पार्टीले आफ्नो दलकी अध्यक्ष र संसदीय दलको नेता समेत रहेकी रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।

आज बिहान सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको नागरिक उन्मुक्ति पार्टीको प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिए। सत्ता गठबन्धनको तर्फबाट भने जसपाका नेता रामशहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ। उपराष्ट्रपतिको निर्वाचन आउँदो चैत ३ गते हुँदैछ।

कमेन्ट लोड गर्नुस