उपराष्ट्रपतिको उम्मेदवार बन्न रञ्जिता श्रेष्ठ अयोग्य
धनगढीः उपराष्ट्रपतिको उम्मेदवार बन्नका लागि रञ्जित श्रेष्ठ अयोग्य भएकी छन्। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको उमेर नपुगेका कारण उपराष्ट्रपतिको उम्मेदवार बन्न अयोग्य भएकी हुन्।
संविधान अनुसार उपराष्ट्रपति बन्न कम्तिमा ४५ वर्ष उमेर चाहिन्छ। तर रञ्जिताले संसद सचिवालयमा पेश गरेको कागजात अनुसार र उनी भर्खर ४० वर्ष पुग्दैछिन्।
नागरिक उन्मुक्ति पार्टीले रञ्जितालाई उपराष्ट्रपतिमा सार्ने निर्णय गरेको थियो।