आठ माओवादी धार कार्यगत एकताको यात्रामा
काठमाडौँः तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धकालीन मुद्दा बहसमा आएपछि माओवादी पृष्ठभुमि बोकेका तर फरक फरक पार्टीमा आबद्ध माओवादी धारका ८ दल कार्यगत एकता गर्ने तहमा पुगेका छन्।
प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा जनयुद्धकालीन मुद्दा दायर भएसँगै माओवादी घटकहरु १० वर्षपछि एक ठाउँमा उभिएर दबाब सिर्जना गर्न लागेका हुन्।
एकै ठाउँ उभिएको सन्देश दिँदै उनीहरुले जनयुद्धकालीन मुद्दाको प्रतिवाद गर्ने योजना बनाएका छन्।