सुदूर नेपाललाई विश्वसँग जोड्दै

उपराष्ट्रपति यादव बसे तत्कालका लागि गेस्ट हाउसमा 

२०७९ चैत्र ५, ०६:०६ खबर संवाददाता

काठमाडौं: नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादव सहकारी विभागको गेष्ट हाउसमा बस्न थालेका छन् । शंखमुलमा रहेको भाडाको घरमा सुरक्षा चुनौती देखिएपछि उपराष्ट्रपति यादव तत्कालका लागि बानेश्वरस्थित विभागको गेष्ट हाउसमा बसेका हुन् । 

भाडाको घर साँघुरो भएको र भेटघाट बाक्लिएका कारण सुरक्षालाई मध्यनजर गर्दै उपराष्ट्रपति तत्कालका लागि गेस्ट हाउसमा बस्न थालेको जनता समाजवादी पार्टीका एक नेताले बताए।  चैत ६ गते शपथग्रहण गरेपछि मात्र लैनचौरस्थित उपराष्ट्रपतिको सरकारी निवासमा सर्ने यादवको तयारी छ

कमेन्ट लोड गर्नुस