चौमाला क्याम्पसको सभापतिमा अनेरास्ववीयूका बुढा निर्वाचित
धनगढीः कैलालीको चौमाला बहुमुखी क्याम्सपमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूका हरेन्द्र बुढा सभापतिमा निर्वाचित भएका छन्। उनले एक सय ६१ मत पाएका हुन्। संयुक्त प्यानलका सभापतिका उम्मेदवार नवराज साउँदले एक सय २७ र अखिल क्रान्तिकारी (विप्लव) का उम्मेदवार बिन्द्र जोशीले ४४ मत पाएका छन्।
सचिवमा संयुक्त प्यानलका दिलबहादुर ताम्राकार विजयी भएका छन्। उनले एक सय ६६ मत पाएका छन्। सचिवमा स्वतन्त्र उम्मेदवारी दिएका योगेन्द्रकुमार जोशीले ९२ र अखित क्रान्तिकारी (विप्ल)का शारदा बमले १५ मत पाए।
कोषाध्यक्षमा अनेरास्ववियूका मोहनबहादुर खत्री विजयी भएका छन्। उनले एक सय ६२ मत पाएका छन्। उनका प्रतिस्प्रधि संयुक्त प्यानलका रमिता नेपालीले एक सय १९ र कौशिला नेपालीले ४२ म पाए।
सदस्यहरुमा भूमिका रावल, लक्ष्मी ओझा, पावर्तीकुमारी धिक्त, विक्रम खड्का र पवन साउँद विजयी भएका छन्।