घोडाघोडी क्याम्पसको स्ववियू सभापतिमा क्रान्तिकारीका सहकारी विजयी
धनगढीः कैलालीको सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा प्रेमबहादुर बोगटी (सहकारी) विजयी भएका छन्। माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) उम्मेदवार सहकारी ४९८ मतसहित विजयी भएका हुन्।
स्वतन्त्र उम्मेदवार विनोद चौधरीले २६७ मत पाएका छन्।
सचिवमा अनेरास्ववियू (एस)का उम्मेदवार हुकुम आचार्य विजयी भएका छन्। उनले ४९८ मत पाएका हुन्। स्वतन्त्र उम्मेदवार पुष्प रिजालले २५३ मत पाए। कोषाध्यक्षमा नेपाल विद्यार्थी संघ (नेविसंघ) कि उम्मेदवार हेलन विनाडी विजयी भएकी छन्। उनले ६०२ मत पाइन। अनेरास्ववियू (एस) कि मनीषा खनालले ३८१ पाइन्। क्याम्पसमा कुल मतदाता संख्या दुई हजार दुई सय ४७ रहेकोमा एक हजार तीन सय ९६ मत खसेको थियो।