सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतको एक क्याम्पसमा नेविसघं निर्विरोध 

२०७९ चैत्र ८, ०४:१८ खबर संवाददाता

डोटीः डोटीको एक विद्यालयमा नेविसंघले स्ववियु निर्वाचनमा विजयी हाँसिल गरेको छ।

सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतको क्याम्पसमा नेविसंघले पहिलो खाता खोलेको हो। जिल्लाको सीताराम बहुमुखी क्याम्पस उच्चाकोटमा नेविसंघको पुरै प्यानलै निर्विरोध निवार्चित भएको छ। अन्य कुनै पनि पार्टीको उम्मेदवारी नपरेपछि नेबिसंघका उम्मेदवारलाई निर्वाचन समितीले बिजयी घोषणा गरेको हो।

सभापतीमा उमेश बलायर, सचिबमा मनिषा कुमारी भट्ट र कोषाध्यक्षमा ललित बहादुर साउँद रहेका छन। उक्त क्याम्पसमा तीन बिधार्थी संगठन दर्ता भएपनी सभापतीमा नेबिसंघ र अनेरास्वबियुले उम्मेदवारी दिएका थिए। तर दाबी बिरोधमा अनेरास्वबियुका उम्मेदवारको उम्मेदवारी रद्द भएपछि नेबिसंघका उम्मेदवारी निर्बिरोध बिजयी भएको क्याम्पस प्रमुख चेतराज भट्टले बताए। उक्त क्याम्पसमा ५८ मतदाता रहेका थिए।
 

कमेन्ट लोड गर्नुस